प्रस्ताव पेश गर्ने अन्तिम मिति : १८ अक्टोबर, २०१८
आदिवासीद्वारा संचालित सामुदायिक रेडियोको लागि तेस्रो चरणको अनुदान परियोजना घोषणा गर्न पाउँदा कल्चरल सरर्भाइभल खुशी व्यक्त गर्दछ । यो अनुदान परियोजना कल्चरल सरर्भाइभलको विभिन्न कार्यक्रमहरुमध्ये सामुदायिक रेडियो अन्र्तगतको कार्यक्रम हो । आदिवासी जनजातिहरुद्वारा संचालित रेडियोहरुलाई आप्mनो समुदायलाई उनीहरुले बोल्ने र बुभ्mने भाषामा, उनीहरुको आवश्यकता र सामुहिक चाहाना बमोजिम जानकारी, शिक्षा र मनोरञ्जन दिने कार्यलाई थप सहयोग पु¥याउँदै, आदिवासी समुदायको हकमा भरपर्दो सूचना सम्प्रेषणको मञ्चको रुपमा सामुदायिक रेडियोलाई स्थापित गर्ने यस कार्यक्रमको मुख्य उद्देश्य हो ।
यस परियोजनाले आदिवासी समुदायको सामुदायिक रेडियोले स्थानियदेखि राष्ट्रिय तहमा आदिवासीहरुको संस्कृति, भाषा, इतिहास र सिद्धान्तको पुर्नउत्थान, अधिकारको सम्बद्र्धन, भूमि, भू–क्षेत्र र प्राकृतिक स्रोतसाधन संरक्षणको कार्यलाई सहयोग पु¥याउने र आदिवासी महिलाहरुको नेतृत्व विकास गर्ने उद्देश्य राखेको छ । यस अनुदान परियोजनाका लागि मेक्सीको, ग्वाटेमाला, बेलिज, एलसाभाडोर, नेपाल, उत्तरी भारत, बोत्सवाना, नामीविया र दक्षिण अफ्रिकी देशमा संचालित आदिवासी रेडियोहरुले यो चरणमा प्रस्तावना पेश गर्न सक्नेछन् ।
प्रस्तावनालाई लिखित रुपमा वा श्रव्यदृश्यका माध्यमबाटसमेत स्पेनिश, अंग्रेजी, रसियन, नेपाली, सुनुवार, हिन्दी, किचे, माम, डिक्जाग्जामध्ये कुनै एकभाषामा पेश गर्न सकिने छ ।
परियोजनाको अधिकतम राशि ८००० अमेरिकी डलर हुनेछ ।
यस चरणमा आदिवासी समुदायको आवश्यकताअनुसार कुनैपनि खालको प्रस्तावना पेश गर्न सकिने छ । तर कल्चरल सरर्भाइभलले मौलिक र परिणाममुखी प्रस्तावनालाई प्राथमिकता दिनेछ । प्रस्तावनाको विषयवस्तु यही नै हुनुपर्छ भन्ने छैन । यद्यपि निम्न विषयहरुमा कार्य गर्नका लागि प्रस्ताव पेश गर्न सकिनेछः
१) रेडियो संचालनका लागि आवश्यक इजाजतपत्र प्राप्त गर्न कानूनी सहायतका लागि ।
२) रेडियोको क्षमता अभिवृद्धिका लागि, जस्तैः राणनीतिक योजना बनाउन, रेडियो संचालक समिति गठनका लागि, वातावरणीय नीति, लैङ्गिक नीति निर्माणको साथै रेडियो कार्यक्रमको प्रभावकारिता मुल्याङ्कन सम्बन्धमा योजना बनाउने र लागू गर्ने सम्बन्धमा ।
३) रेडियोकर्मीहरुको सीप अभिवृद्धि गर्ने, जस्तैः कार्यक्रम उत्पादन, खोज पत्रकारितासम्बन्धी तालिम, रेडियो उपकरण बनाउने सम्बन्धमा ।
४) समुदायमा रेडियोको पहुँच र प्रभावकारिता सम्बन्धी अध्यान तथा मुल्याङ्कन गर्ने सम्बन्धमा ।
५) आदिवासीहरुको अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय घोषणापत्र, उपनिवेशबाट स्वतन्त्रता प्राप्त गरेको आदिवासी इतिहास, आदिवासी भूमि, भुक्षेत्र र प्राकृतिक स्रोतमाथीको पहुँच, समाचार निर्माण, आदिवासी महिलाका अधिकार, सांस्कृतिक र पुख्र्यौली सम्पदा, राष्ट्रिय कानूनले आदिवासीहरुमा पारेको विभेदसम्बन्धी सार्वजानिक बहस तथा कार्यक्रम निर्माण सम्बन्धमा ।
६) रेडियोको उपकरण खरिदसम्बन्धी (कुल परियोजनाको ३० प्रतिशतमा सिमित हुनुपर्ने )
७) सामुदायिक रेडियोको संलग्नतामा आदिवासी जनजातिको अधिकार सुनिश्तिताका लागि गरिने कदमसम्बन्धी ।
८) स्थापित सामुदायिक रेडियोले अर्को सामुदायिक रेडियोको क्षमता अभिवृद्धिको लागि तालिम दिने सम्बन्धमा ।
परियोजना मौलिकता, दिगोपना, र आदिवासी जनजातिको अधिकार र संस्किृतिसम्बन्धी कार्य गर्ने उद्देश्यमा स्पस्टताको आधारमा छनौट गरिनेछ । परियोजना ६ देखि १० महिनाभित्रमा सम्पन्न गर्नुपर्नेछ । परियोजनाले रेडियो र समुदायको हित, मुद्धा र आवश्यकतालाई सम्बोधन गर्नु पर्नेछ । यस परियोजनामा आदिवासीको भाषामा कार्यक्रम उत्पादन र प्रसारण गर्ने आदिवासीद्वारा नै संचालित सामुदायिक रेडियोलाई विषेश प्राथमिकता दिईनेछ ।
प्रस्तावना आवेदन भर्ने तरिका
पहिलो चरणमा परियोजनासम्बन्धी अवधारणपत्र लिखित, अडियो वा श्रव्यदृश्य÷भिडियो रेर्कडिङमार्फत् पेश गर्न सकिनेछ । लिखित प्रस्तावना अधिकतम २ पेजसम्मको र अडियो वा भिडियो ३ मिनेटसम्मको हुनुपर्नेछ । प्रारम्भिक अवधारणापत्र छनौटमा परेमा अंग्रेजी र स्पेनिस भाषामा विस्तृत प्रस्तावना पेश गर्नुपर्नेछ ।
लिखित, अडियो वा भिडियो रेर्कडिङस्वरुपको अवधारणापत्रमा निम्न कुरा संलग्न हुनुपर्नेछः
क) सामुदायिक रेडियोको नाम, रेडियो स्थापनाको संक्षिप्त इतिहास । रेडियो र संस्थाको वेवसाईट, फेसवुक वा अन्य सोसल साईटहरुको लिंक ।
ख) रेडियोले सेवा पु¥याएको समुदाय, रेडियोको लक्षित समुदाय वा श्रोताको जनसंख्या ।
ग) सामुदायिक रेडियोको औचित्य र समुदायको आवश्यकता ।
घ) परियोजनाको परिकल्पना र सम्बोधन गर्न खोजेको समुदायको आवश्यकता ।
ङ) परियोजना अन्र्तगत गरिने गतिविधिसम्बन्धी विस्तृत परिचय ।
च) परियोजनाको अन्तमा प्रप्त गर्न खोजेको लक्ष्य वा उपलब्धि ।
छ) परियोजनाको लागत (अधिकतम ८००० अमेरिकी डलर), परियोजनाको बजेट स्थानीय रकम र अमेरिकी डलरमा तयारी गर्नुपर्नेछ ।
थप जानकारीको लागि वा अनुदानको लागि प्रस्तावना वा अवधारणपत्र पेश गर्ने सम्पर्क ठेगानाः radio@cs.org
कल्चरल सरर्भाइभलबारे
कल्चरल सरर्भाइभलले आदिवासी जनजातिहरुको अधिकारकाबारेमा वकालत गर्दछ । यसले आदिवासीको आत्मानिर्णयको अधिकार, उनीहरुको सांस्कृतिक र राजनीतिक जुझारुपनलाई सन् १९७२ देखि सहयोग गर्दै आइरहेको छ । कल्चरल सर्भाइभलले आदिवासी जनजातिहरुको अन्र्तनिहित अधिकारलाई आत्मसात र सम्मान गर्ने साथै आदिवासीको मौलिक संस्कृति, भूमि, भाषा, आध्यात्मीक मुल्य मान्यता, कला, आत्मनिर्णयाको अधिकार, स्वशासन र स्वयत्तता पुर्ण रुपले उपभोग गरेको संसारको परिकल्पना गर्दछ । कल्चरल सरर्भाइभलको सम्पूर्ण कामहरु आदिवासीको अधिकारसम्बन्धी संयुक्त राष्ट्र संघीय घोषणापत्रमा आधारित छन् । वकालत, संचार, सामुदायिक शिक्षामा लामो अनुभव बटुलेको कल्चरल सरर्भाइभलले आफ्ना सम्र्पुण कार्यक्रमहरु आदिवासीको आवाज वुलन्द गर्दै, उनीहरुको आत्मनिर्णयको अधिकार, भूमिमाथीको अधिकार, संस्कृति र मुल्यवान वातावरण एवं पर्यावरण जोगाउनमा समर्पित गर्दै आइरहेको छ । यसले आदिवासी जनजातिको अधिकार सुनिश्चितताको लागि अन्तर्राष्ट्रिय प्रक्रियामा संलग्नता, राष्ट्रिय नीति निर्माण, मानवअधिकारको सम्मान, संरक्षण र सम्बद्र्धनमा सहयोग पु–याउदै आएको छ ।
कल्चरल सरर्भाइभलको अनुदानसम्बन्धी अन्य अवसरहरुको लागि हेर्नुहोस्ः
१) आदिवासी युवाको लागि फेलोसिपसम्बन्धी प्रस्तावना आह्वान ।
२) आदिवासी महिला संचारकर्मीको लागि प्रस्तावना आह्वान ।